अर्घाखाँची – नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले विपक्षी दलका विरुद्ध गठबन्धन गरी सत्ताधारीहरूले हार स्वीकार गरेको बताउनुभएको छ ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–३ धारापानीमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै रायमाझीले देश एमालेले मात्रै बनाउने दाबी गर्दै एमाले विरुद्धको गठबन्धनले जित सुनिश्चित गरेको दाबी गर्नुभयो । ‘देश केपी शर्मा ओलीकै नेतृत्वमा बन्छ, हामी सहयोगीको भूमिकामा रहन्छौँ । देश एमालेले नै रुपान्तरण गर्छ ।’
रायमाझीले स्थानीय युवा व्यवसायी माधव बन्जाडेसहित नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका करीब पाँच दर्जनलाई पार्टी प्रवेश गराउनुभएको थियो ।







प्रतिक्रिया