रौतहट – नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले सत्ता गठबन्धनको सिन्डिकेट तोड्नलाई सडक आन्दोलनको आवश्यकता भएको बताउनुभएको छ ।
शनिबार रौतहटमा एमाले देवाही गोनाही नगर सभालाई सम्बोधन गर्दै साहले सत्ता गठबन्धनको दबाबका कारण सरकारले निर्वाचनसम्बन्धी कुनै पनि निर्णय गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले समयमा नै निर्वाचन गराउनलाई दबाब दिन आन्दोलनको आवश्यक भएको बताउनुभयो ।
पूर्व मन्त्री समेत रहेका साहले भन्नुभयो, ‘सत्ता गठबन्धनले आफ्नो अनुकूल अनुसार निर्वाचन गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रभावमा पार्न अनेक हतकण्डा अपनाइरहेको छ । चुनावका लागि निर्वाचन आयोगले सरकारलाई पटक-पटक ध्यानाकर्षण गराइसक्दा पनि गठबन्धनकै दबाबका कारण सरकारले कुनै ठोस निर्णय लिन नसकेको नसकेको हो ।’
नगर सभा उद्घाटन सत्रमा एमाले केन्द्रिय सदस्य कुन्दन कुश्वाहा, मौलापुर नगर प्रमुख रिनाकुमारी साह, देवाही गोनाहीका उपमेयर परनियादेवी पटेल, एमाले जिल्ला अध्यक्ष त्रिभुवन साह लगायतका नेताहरु सहभागी सहभागी हुनुहुन्थ्यो ।







प्रतिक्रिया