अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय चुनावको मिति तोक्न माग गर्दै सिरहामा युवा संघको प्रदर्शन

स्थानीय चुनावको मिति तोक्न माग गर्दै सिरहामा युवा संघको प्रदर्शन


सिरहा – स्थानीय तहको चुनावको मिति तत्काल तोक्न माग गर्दै युवा संघले सिरहामा प्रदर्शन गरेको छ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल सिरहाले सत्तारुढ गठबन्धनले निर्वाचनको मिति तोक्न आलटाल गरेको विरुद्ध प्रदर्शन गरेको हो।

आज सिरहाको गोलबजारमा निर्वाचनको माग गर्दै संघीय सरकारविरूद्ध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘स्थानीय तहको चुनाव मिति घोषणा गर, अराजक मन्त्रीलाई बर्खास्त गर, किसानलाई समयमा मल उपलब्ध गर’ जस्ता नारा लगाएका छन् ।

संघका सिरहा संयोजक जयप्रकाश शर्माको नेतृत्वमा गरिएको प्रदर्शनमा एमालेका हजारौं नेता कार्यकर्ता सहभागी थिए ।