अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनले चुनाव धकेल्न खोज्नु असंवैधानिक काम हो : टीकाराम भट्टराई

गठबन्धनले चुनाव धकेल्न खोज्नु असंवैधानिक काम हो : टीकाराम भट्टराई

संविधान स्पष्ट छ, निर्वाचन सार्नुपर्ने कुनै कारण छैन


काठमाडौं – नेपाल बार एशोसिएशनका पूर्व उपाध्यक्ष तथा संविधानविद् टीकाराम भट्टराईले कुनै पनि बहानामा स्थानीय तहको चुनाव मिति पर धकेल्नु भनेको गैरसंवैधानिक र अलोकतान्त्रिक कदम हुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले आज काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै संविधानविद् भट्टराईले संविधानको धारा २२५ को दोस्रो हरफ नै अनावश्यक भएको तर्क गर्दै उहाँले भन्नुभयो– ‘स्थानीय तहको निर्वाचन २०७९ जेठभन्दा पर धकेल्नेबारे संविधानले कल्पना नै गरेको छैन, कुनै दल वा गठबन्धनले संविधान संशोधन गरेर भए पनि चुनाव धकेल्न खोज्नु असंवैधानिक काम हुनेछ ।’

संविधानको कुनै पनि अनावश्यक धारा टेकेर चुनाव सार्न वा स्थानीय तह रिक्त राख्न खोज्नु गलत हुने उहाँले बताउनुभयो । उहाँले तीनै तहको निर्वाचन एकैचोटि गर्ने कुरा पनि व्यवहारिक नहुने बताउनुभयो । ‘संविधान स्पष्ट छ, निर्वाचन सार्नुपर्ने कुनै कारण छैन’, उहाँले भन्नुभयो ।