काठमाडौं – स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्दै राष्ट्रिय युवा संघ नेपाल नुवाकोट-काठमाडौं अन्तर जिल्ला कमिटीले प्रदर्शन गरेको छ ।
युवा संघ नेपाल नुवाकोट-काठमाडौं अन्तर जिल्ला कमिटीको संयुक्त आयोजना र युथ फोर्स नेपालको समर्थनमा काठमाडौंको गोंगबुमा विरोध प्रदर्शन गरिएको हो ।
प्रदर्शन कार्यक्रममा युथ फोर्स नेपालका केन्द्रीय सहसंयोजक अमित पौडेल, युवा संघ केन्द्रीय सदस्य आर्यन श्रेष्ठ, राष्ट्रिय युवा संघ नुवाकोट जिल्ला कमिटी संयोजक प्रज्वल सापकोटा, राष्ट्रिय युवा संघका निवर्तमान केन्द्रीय सदस्य सुरेश भण्डारी र अन्तर जिल्ला कमिटी संयोजक अमित मगर लगायत सहभागी थिए ।
निर्वाचनको मिति तोक्नुपर्ने माग गर्दै निकालिएको जुलुस गोंगबु चोकबाट बसपार्कसम्म पुगेको थियो । फेरि गोंगबु चोकमै आएर जुलुस कोणसभामा परिणत भएको थियो ।






प्रतिक्रिया