अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेठ महिनाभित्र स्थानीय चुनाव गर्न सत्तारुढ दल सहमत

जेठ महिनाभित्र स्थानीय चुनाव गर्न सत्तारुढ दल सहमत

आयोगसँगको छलफलपछि मिति तोक्ने


काठमाडौं – सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको छ ।

शनिबार दोस्रो पटक साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले यस्तो सुझाव दिएको बैठकपछि काँग्रेस नेता तथा सञ्चारतथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले अब सरकारले निर्वाचन आयोगसँग छलफल गरेर चुनावको मिति तोक्ने छ । ‘स्थानीय तहको निर्वाचन जेठ महिनिाभित्र गर्न सत्तारुढ दलको बैठकमा प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको छ’, कार्कीले भन्नुभयो, ‘संविधानसँग बाझिएका ऐन पनि संशोधन गर्न गठबन्धनले सुझाव दिएको छ ।’

बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको मन्त्री कार्कीले बताउनुभयो ।