काठमाडौं -नेकपा एमालेका पोलिव्यूरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटाले घरेलु कारणले जनमोर्चा फुटेकोमा खुशी व्यक्त गर्नुभएको छ ।
नेपालका कम्यूनिष्ट पार्टीहरुले साना साना विदेशी कारणले फुट्ने गरेकोमा जनमोर्चा मोहनविक्रमकी कान्छी श्रीमती दुर्गा पौडेलले काँग्रेसलाई साथ दिनु गलत भएको भन्दै फुटेकोमा खुशी व्यक्त गर्नुभएको छ । बास्कोटाले जनमोर्चालाई काँग्रेसको कान्छो भाइको संज्ञा दिनुभएको छ । काँग्रेसलाई सरकारको नेतृत्व दिन जनमोर्चाको पनि साथ छ ।
आज विहान ट्विटरमा लेख्दै माओको कान्छी श्रीमती च्याङचिङलाई हेर्न दृष्टिकोण र रुसमा स्टालिनले गरेका कामको नेपालमा गम्भिर समिक्षा गर्दै फुट्ने कम्यूनिष्ट इतिहास भन्दा जनमोर्चाको फुटाइ फरक भएको बास्कोटाको तर्क छ ।
‘माओकी कान्छी च्याङचिङलाई हेर्ने र स्टालिनका कामको गम्भिर समिक्षामा फस्ने इतिहास तोड्दै चौथो महाधिवेशनको स्कूलिङमा भएको यो घटना असाधरण लाग्यो ’ बास्कोटा लेख्नुहुन्छ ‘नेपालकै मोहनविक्रमकी कान्छीले काँग्रेसलाई साथ दिनु गलत हो भन्दै फुटेछ ।’
सरकारलाई समर्थन गरेको बिषयमा पार्टीमा विवाद हुँदा केही दिन अघि जनमोर्चा दुई टुक्रा भएको छ ।






प्रतिक्रिया