काठमाडौं – मनाङमा जनसंख्या भन्दा बढी मतदाता भन्ने राष्ट्रिय समाचार समितीमा माघ १३ गते छापिएको यो समाचारले धेरैलाई अचम्मित पारेको छ । यसले जनगणना २०७८ को विश्वसनीयतामा धेरै धेरै प्रश्न पनि उठाएको छ । सामान्य हिसाबले सोच्दा कुरा सही पनि छ । मतदाता नामावलीमा १८ वर्ष उमेर पुगेका व्यक्ति मात्र सामेल हुन्छन् तर जनगणनामा जिरो (०) वर्ष देखिका सबै व्यक्ति सामेल हुन्छन् । तर पनि मतदाता नामावली भन्दा किन जनसंख्या कम भयो भनेर वादविवाद चलेको छ ।
तर तथ्यांक विभागका अधिकारीहरु मतदाता भन्दा जनसख्या कम हुने कुरालाई असामान्य मान्दैनन् । जनगणना संकलन प्रक्रिया र मतदाता नामावली संकलन प्रक्रिया अलग अलग सिद्धान्त र ऐन नियमअनुसार हुने भएकोले यस्तो भएको उनीहरुको तर्क छ । २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा अनुसार मनाङको जनसंख्या ५ हजार ६ सय ४५ छ । निर्वाचन आयोगले आइतबार दिउको जानकारी अनुसार पुसम्मको मतदाता संख्या भने ५ हजार ९ सय ७६ अर्थात जनसंख्या भन्दा ३ सय ३१ जना बढी देखिएको छ ।
विभागको जनगणना शाखा प्रमुख ढुण्डीराज लामिछानेका अनुसार जनगणनामा अक्सर बसोबास अर्थात छ महिना भन्दा बढी समय व्यक्ति जहाँ बसेको छ त्यहींबाट जनगणना गरिन्छ । त्यसैले स्थायी घर भएको व्यक्ति हाल त्यो ठाउँ छोडेर ६ महिना भन्दा बढी अवधीमा जहाँ बसेको छ त्यहीं ठाउँबाट उसको जनगणना गरिन्छ ।
‘कोही व्यक्ति पर्साबाट पढ्न, रोजगारी वा अरु कुनै कामका लागि ६ महिना भन्दा बढी समय चितवन आएर बस्ने गरेको छ भने उसको जनगणना घर भएको ठाउँ पर्साबाट होइन कि अक्सर बसोबास गरिरहेको ठाउँ चितवनबाट हुन्छ’ लामिछानेले यो बेलासँग भन्नुभयो ‘त्यसैले कतिपय हिमाली र सानो जनसंख्या भएका जिल्लाका मानिसहरु रोजगारी,पढाइ वा व्यापारका लागि बाहिरी जिल्लातिर जाने भएकोले अक्सर बसोबासका आधारमा गणना हुँदा उनीहरुको स्थायी घर भएको ठाउँबाट होइन कि हाल बसोबास भएको ठाउँबाट गणना गरिएका हुन्छन् ।’
जनगणना दुईवटा विधीबाट गरिन्छ । एउटा वास्तविक उपस्थिती विधी (डि फ्याक्टो मेथड) र अर्को अक्सर बसोबासको विधी(डि जुरे मेथड) । नेपालमा गरिने जनगणनाचाँही वास्तविक र अक्सर बसोबासको मिश्रण अर्थात मोडिफाइड डि जुरे विधीबाट सञ्चालन गरिएको हो । यसको अर्थ ६ महिना भन्दा बढी समय घर छोडेर अन्यत्रै गएको व्यक्तिको जनगणना उ जहाँ छ त्यहींबाट र घरमा भएका व्यक्तिको मात्रै स्थायी ठेगाना जनगणना गरिएको लामिछानेले बताउनुभयो ।
तर मतदाता नामावली चाँही स्थायी बसोबासको आधारमा मात्र दर्ता गरिन्छ । मतदाता सम्बन्धी नियामवली २०६८ अनुसार आफू बसोबास गरिरहेको जिल्ला अर्थात स्थायी ठेगाना भएको भन्दा बाहिरी जिल्ला (ओडिआर)बाट पनि मतदाता नामवली संकलन हुन्छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार १८ वर्ष उमेर पुगेको व्यक्तिको मतदाता नामावली उ बसेकै ठाउँबाट दर्ताचाँही गर्न सकिन्छ तर अभिलेखचाँही व्यक्तिको स्थायी ठेगाना भएको ठाउँमा पठाइन्छ र गन्ती पनि त्यहींबाट हुन्छ । ‘मतदाता नामावली स्थायी ठेगानाका आधारमा मात्र हुन्छ । नयाँ ठाउँबाट गर्नुपर्ने भए बसाईंसराईको कागज चाहिन्छ’ पौडेलले यो बेलासँग भन्नुभयो ‘यस बाहेक मतदाता नामावली संकलनको अरु कुनै विधी
मतदाता भन्दा जनसंख्या कसरी कम भयो भनेर हामीले तथ्यांक विभागका जनगणना शाखा प्रमुख ढुण्डीराज लामिछानेलाई सोधेका थियौं । उहाँको जवाफ यस्तो छ :
जनगणना दुईवटा विधिबाट गरिन्छ । एउटा स्थायी बसोबास अर्थात गणना गरेको समयमा रात विताएको ठाउँको आधारमा र अर्को अक्सर बसोबासका आधारमा । अक्सर बसोबास भन्नाले सबैभन्दा बढी समय मानिसले व्यतित गरेको ठाउँबाट नै उसको गणना गर्ने हो । त्यो किन गरियो भन्दा खेरी अक्सर बसोबास गरेको ठाउँबाटै मानिसले घर व्यवहार सञ्चालन गर्ने,जग्गा जमिन उपभोग गर्ने,विद्युत खानेपानी,खाद्य सामग्रीको उपभोग शिक्षा,स्वास्थ्य जस्ता सुविधा उपभोग गर्दछन् । यसरी आर्थिक सामाजिक सुविधाहरु अक्सर बसोबास गरेको ठाउँबाट गर्ने हुँदा जनगणनामा अक्सर बसोबासको सिद्धान्त विश्वव्यापी रुपमा प्रयोग हुँदै आएको छ ।
एउटै परिवारका मान्छेको अक्सर बसोबास तीन ठाउँमा छन् उनीहरुको जनगणना तीन ठाउँमै हुनेभयो । तर मतदाता नामावलीचाँही स्थायी बसोबास भएको ठाउँबाट मात्र हुन्छ । यसले गर्दा जनगणना र मतदाता नामावलीको प्रकृति र संख्या नै फरक पर्न गयो ।
मतदाता नामावलीले व्यक्तिको स्थायी ठाउँ ठेगाना कहाँ हो भनेर हेर्ने भयो जनगणनाले व्यक्तिको घर जहाँ भए पनि उसको बसोबास कहाँ छ भनेर हेर्ने भयो ।
मनाङको जनसंख्या भन्दा मतदाता बढी भन्ने सवालमा हामीले त्यस जिल्लाको अनुपस्थित जनसंख्यालाई पनि हेर्नुपर्ने हुन्छ । जनगणनामा विदेश अनुपस्थित र स्वदेश अनुपस्थित भन्ने प्रश्न पनि राखिएको थियो । त्यो स्वदेश र विदेश अनुपस्थित भनेकोचाँही कस्तो भने आफ्नो ठाउँबाट अक्सर बसोबास गरिरहेको ठाउँमा परिवार रहेको तर कोही सदस्यचाँही घर बाहिर भएको तर फेरी त्यही ठाउँमा फर्किएर आउने सम्भवना भएको व्यक्तिलाई अनुपस्थित सदस्यको महलमा गणना गरिन्छ । एउटा स्वदेश अनुपस्थित र एउटा विदेश अनुपस्थित हुन्छन् । यी दुवै अनुपस्थितलाई जिल्लाको कुल जनसंख्यामा जोडिदैन । मतदाता नामावली त जहाँ गए पनि स्थायी ठेगानामा गन्ती हुन्छ । त्यसैले गर्दा जनसंख्या भन्दा मतदाता बढी देखिएका हुन् । ।
मनाङबाट काठमाडौंमा आएर बसेको मान्छेलाई मनाङको परिवारमा जनगणना गर्दै जाँदाखेरी अक्सर बसोबासका आधारमा अनुपस्थित भनेर टिप्र्छौं हामीले । ति मान्छेहरु बाहिरै हुन्छन् परिवारमा त हुदैनन् । स्थायीत्वको हिसाबले हेर्ने हो भने उनीहरुको त्यही ठाउँमा हुन्छ । त्यसैले उनीहरु भोट हाल्न जानसक्ने देखियो । त्यसकारणले गर्दा जनसंख्या र मतदातमा तलमाथी पर्दछ । त्यसैले यसलाई एउटै बास्केटमा राखेर हेर्नु हुदैन । जनगणनामा ६ महिना भन्दा बढी बसोबास नभएको व्यक्तिको गणना नहुने भयो तर मतदाता नामावलीमा मान्छे जहाँ गएर बसेको भए पनि स्थायी ठेगाना मै समावेश हुन्छ । तर जनगणना गर्दा ६ महिना भन्दा बढी कोही व्यक्ति स्थायी घरमा उपस्थिती छैन भने उसको गणना त्यहाँबाट हुदैन । उसको छुट्टै गन्ती हुन्छ । मनाङमा भएको त्यही हो । विस्तृत विवरण आए पछि स्वदेश अनुपस्थित र विदेश अनुपस्थित पनि हरेक जिल्लाको तथ्यांक आउछ । त्यसबेला हालको जनसंख्या र अनुपस्थित जनसंख्या जोड्नुभयो भने फेरी मतदाता भन्दा जनसंख्या स्वभाविक रुपले बढी हुनजान्छ ।
मतदाता नामावली संकलन कसरी गरिन्छ भनेर निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेललाई सोधेका थियौं । उहाँको जवाफ यस्तो छ-
जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्तास्थलमा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिई जानुपर्दछ । नागरिकताको प्रमाणपत्रमा रहेकोभन्दा भिन्नै ठेगानामा हाल स्थायी बसोबास गरेको भए नागरिकता प्रमाणपत्रको अतिरिक्तदेहायका प्रमाणहरूसमेत पेश गर्नुपर्दछ।
बसाईं सरी आएको प्रमाणपत्र, वा विवाह गरी हालको स्थायी ठेगानामा आएको हकमा विवाह दर्ता प्रमाणपत्र आवश्यक हुन्छ । ञमतदाता नामावली संकलन मानिसको स्थायी बसोबास जहाँ छ । त्यहाँबाट हुन्छ । तर अहिले मानिसहरुको बसोबास आफ्नो स्थायी ठेगाना भन्दा बाहिर पनि हुने भएकोले हामीले बाहिरी जिल्ला(ओडिआर)बाट पनि मतदाता नामावली संकल गर्ने व्यवस्था गरेका र्छौं । तर यसको अभिलेख र मतदाताको संख्याचाँही सम्बन्धित जिल्लामा नै पठाइन्छ । बसाइ सरेको अवस्थामा बसाईसराईको प्रमाणका आधारमा साविकको मतदाता नामावली बसाईसरेको ठाउँमा सार्न सकिन्छ । दर्ता भएको छैन भने बसाईंसराईको प्रमाणका आधारमा नयाँ ठाउँमा दर्ता हुन्छ । विवाह भएको हकमा विवाह दर्ता प्रमाणपत्रको आधारमा विवाह भएको ठाउँमा सार्ने वा नयाँ दर्ता गर्ने काम हुन्छ ।
निर्वाचन घोषणा नभएसम्म आफू विसवध कारणले अन्य जिल्लामा गइएको छ भने पनि आफ्नै जिल्लाबाट मतदान गर्ने गरी मतदाता नामावली संकलन हुनसक्छ ।







प्रतिक्रिया