अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारविरुद्ध अनेरास्ववियुद्वारा तीन दिने आन्दोलनको घोषणा

सरकारविरुद्ध अनेरास्ववियुद्वारा तीन दिने आन्दोलनको घोषणा


काठमाडौं – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले सरकारविरुद्ध तीन दिन आन्दोलन गर्ने घोषणा गरेका छन् ।

अनेरास्ववियुले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न बहानामा पाँच दलीय परमादेशी गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन रोक्ने खोजेको भन्दै संविधान तथा लोकतन्त्रलाई रक्षा गर्न अनेरास्ववियुका नेता तथा कार्यकर्तालाई आन्दोलनमा उत्रन बाध्य बनाएको बताइएको छ ।

अध्यक्ष सुनिता बरालद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकार विरुद्ध कडा रुपमा आन्दोलनमा उत्रिन अपिल गरिएको छ ।