अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ मा गुपचुप टुक्र्याइयो मन्त्रालय

प्रदेश १ मा गुपचुप टुक्र्याइयो मन्त्रालय


विराटनगर– प्रदेश नम्बर १ मा गुपचुपमा मन्त्रालय टुक्र्याइएको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश १ को मन्त्रिपरिषद् कार्य विभाजन नियमावली संशोधनसहित पारित गरेको भए पनि सार्वजनिकगरिएन ।

सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गरेको भएपनि मन्त्रिपरिषद् कार्य विभाजन नियमावली संशोधन गर्ने निर्णय सार्वजनिक गर्नुभएन ।

सरकारले सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय टुक्र्याएको छ । अहिले मुख्यमन्त्री कार्यालय सहित ७ वटा मन्त्रालयहरू रहेकोमा कार्य विभाजन नियमावली संशोधन गरेर ५ वटा मन्त्रालय थप गर्ने निर्णय भएको छ ।

अब प्रदेश १ मा १२ वटा मन्त्रालयहरू हुनेछन् ।

मन्त्री आकाङ्क्षीलाई भागबण्डा पुर्‍याउन मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालय टुक्र्याउनुभएको हो ।