अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधानले दिएको समयसिमा भित्र स्थानीय तहको निर्वाचन गर : भूमीहिन सुकुम्बसी संगठन

संविधानले दिएको समयसिमा भित्र स्थानीय तहको निर्वाचन गर : भूमीहिन सुकुम्बसी संगठन


काठमाडौं – नेकपा एमाले निकट भूमिहिन सुकुम्बासी संगठनले संविधानको सिमामा रहेर स्थनीय तहको निर्वाचन गर्न सरकारसँग माग गरेको छ ।

संगठनका अध्यक्ष शान्ता चौधरीले आज जारी गरेको विज्ञप्तीमा मुलुकको स्थानीय क्षेत्रको विकास निर्माणमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने भएकोले स्थानीय तहको निर्वाचनलाई समयमा नै गर्न माग गरिएको हो ।

 विज्ञप्तीमा निर्वाचन हुने नहुने विषयले स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिकहरुले चासो र बहस बढी रहेको उल्लेख छ । ‘संविधान र लोकतन्त्रको पहिलो आधार स्थानीय तहको सरकारको सुनिश्चतता बिना मुलुकअगाडी जान नसक्ने हुँदा नेपाल भूमीहिन संगठनको यस सवालमा गम्भिर ध्यान आकर्षण भएको छ’ चौधरीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।