अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समयमै स्थानीय तहको चुनाव गर्न उत्पीडित जातीय मुक्ति समाजको माग  

समयमै स्थानीय तहको चुनाव गर्न उत्पीडित जातीय मुक्ति समाजको माग  


काठमाडौं – नेपाल उत्पीडित जातीय मुक्ति समाजले स्थानीय तहको निर्वाचन संवैधानिक प्रावधान अनुसार निर्धारित समयमा घोषणा गर्न सरकारसँग माग गरेको छ ।

२०७९ जेठ ७ गते स्थानीय तहका पदाधिकारीहरुको पाँच वर्षे अवधि समाप्त हुने भएकाले तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न मुक्ति समाजले माग गरेको हो ।

मुक्ति समाजका अध्यक्ष जितु गौतमले विज्ञप्तिमार्फत सवैधानिक प्रावधान अनुसार तत्तकाल निर्वाचन घोषणा गर्न सरकारसँग माग गरिएको उल्लेख गरिएको छ । समयैमा स्थानीय तहको चुनाव नगरे सडक आन्दोलन समेत गर्ने चेतावनी दिएका छन् ।

विज्ञप्ति