अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रका वडाअध्यक्ष एमालेमा प्रवेश

माओवादी केन्द्रका वडाअध्यक्ष एमालेमा प्रवेश


इलाम – माओवादी केन्द्रका वडाअध्यक्ष एमालेमा प्रवेश गरेका छन् । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष नन्दकुमार राई एमाले प्रवेश गरेका हुन् ।

सन्दकपुर गाउँपालिकामा नेपाली कांग्रेस क्लिन स्वीप हुँदा राई माओवादीबाट वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । सन्दकपुर गाउँपालिकामा मात्रै होइन उहाँ इलामका दशवटा पालिकामा माओवादी केन्द्रबाट निर्वाचित हुने एक्ला वडाध्यक्ष हुन् ।

इलामका ८१ वडामध्ये एमालेले ४८ वडाअध्यक्ष, नेपाली काँग्रेसले ३० वडाध्यक्ष जितेका थिए । त्यस्तै माओवादी केन्द्र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय जनमुक्ति मोर्चाले एक-एक वडाध्यक्ष जितेका थिए ।

एमाले प्रवेश गरेका राईलाई एमालेको सन्दकपुर गाउँ पार्टी कार्यालयमा भएको एक कार्यक्रमकाबीच एमालेका केन्द्रीय सदस्य राम राना, एमाले इलामका अध्यक्ष महेश बस्नेत, उपाध्यक्ष उदय राई, सचिव उमेश गुरुङले पार्टीमा स्वागत गरेका थिए ।