अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तह चुनावको मिति घोषणा गर्न उपत्यकाका एमाले जिल्ला अध्यक्षहरूको माग

स्थानीय तह चुनावको मिति घोषणा गर्न उपत्यकाका एमाले जिल्ला अध्यक्षहरूको माग


काठमाडौँ – काठमाडौँ उपत्यकाका तीन जिल्लाका एमाले अध्यक्षहरूको बैठकले आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेको छ ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट जननिर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिनु अगावै आगामी २०७९ वैशाखभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने कुरालाई आत्मसात् गर्दै यथाशक्य छिटो निर्वाचनको मिति घोषणा गर्न बैठकले माग गरेको हो ।

आज बसेको बैठकमा एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौला, ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य तथा भक्तपुरका अध्यक्ष बचन देउजा सहभागी थिए । सो बैठकले कुनै पनि बहानामा निर्वाचन सार्ने काम सरकारले गरे त्यो असंवैधानिक, गैरकानुनी र अराजनीतिक ठहर्ने निष्कर्ष निकालेको छ।

हेर्नुहोस् विज्ञप्ति