अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षकहरुलाई खुशीको खबर, शिक्षक अस्पताल भरतपुरमा बन्ने पक्का

शिक्षकहरुलाई खुशीको खबर, शिक्षक अस्पताल भरतपुरमा बन्ने पक्का


चितवन – सरकारले शिक्षक अस्पताल भरतपुरमा बनाउने भएको छ । मेडिकल सिटीका रूपमा परिचित चितवनको भरतपुरमा थप एउटा केन्द्रीय स्तरको अस्पताल बन्ने पक्का भएको हो ।

शिक्षक अस्पताल भरतपुरमा बनाउने प्रस्ताव मन्त्रीपरिषद्बाट पारित भएको छ । प्रस्ताव पारित भएसँगै मेडिकल सिटी भरतपुरमा नयाँ आयाम थपिएको भरतपुर महानगरपालिकी प्रमुख रेनु दाहालले बताउनुभयो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गर्न लागेको शिक्षक अस्पताल भरतपुरमा बनाउन भरतपुर महानगरपालिकाले प्रस्ताव गरेको थियो । सोही अनुसार शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुरमा बनाउने प्रस्ताव मन्त्रिपरिषद्‍मा लानुभएको थियो ।

शिक्षक अस्पताल बनाउन भरतपुर महानगरपालिकाले भरतपुर–१५ भगवानपुरमा आठ बिघा १६ कठ्ठा जग्गा दिने भएको छ । भरतपुर देशकै मध्यभागमा पर्ने भएकाले देशभरका शिक्षकहरूलाई उपचारका लागि भरतपुर उपयुक्त स्थान हुने अपेक्षा गरिएको छ । मन्त्रालयले सुरुमा तीन सय शय्याको अस्पताल बनाएर विस्तार गर्दै लैजाने योजना बनाएको छ ।

शिक्षक अस्पताल निर्माण गर्नका लागि शिक्षा मन्त्रालयले डा.विमल चालिसेको संयोजकत्वमा पूर्वसम्भाव्यता अध्ययन तथा जग्गा पहिचान समिति बनाएको थियो । समितिले नवलपरासी, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुरलगायतका स्थानमा जग्गा हेरेको थियो ।

चितवनमा दुई ठूला सरकारी अस्पताल, दुई मेडिकल कलेज र थुप्रै प्रदेश स्तरका निजी अस्पताल छन् ।