काठमाडौं – स्थानीय तहको निर्वाचन गर्न माग गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकाले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।
अनेरास्ववियु रत्नराज्य कमिटीले स्थानीय तहको निर्वाचन गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको हो ।
आज अनेरास्ववियु निकट विद्यार्थीहरुले मसाल जुलुस प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका हुन् ।
काठमाडौं प्रदर्शनी मार्गस्थित नेपाल मानविकी क्याम्पस (आरआर) र पुतलीसडकस्थित शंकरदेव क्याम्पसका विद्यार्थीहरुले मसाल जुलुससहित प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरुले ‘स्थानीय तहको निर्वाचन तुरून्त गर, संविधान र लोकतन्त्रको रक्षा गर’ नारासहित प्रदर्शनमा उत्रिएका हुन् ।
हिजोआज निर्वाचन आयोगले पनि स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आगामी जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै त्यसको दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई दबाव दिँदै आएको छ।
यस्तै नेकपा एमालेले आगामी वैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ ।






प्रतिक्रिया