उदयपुर – उदयपुरको ताप्ली गाउँपालिकामा माओवादी केन्द्र परित्याग गरी दजनौं नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल र अनेम संघको पालिका स्तरीय कमिटी गठन कार्यक्रममा माओवादी परित्याग गरी कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् । ताप्ली गाउँपालिका-४ बाट १७ जना र वडा-२ बाट तीन जना गरी २० जना नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
उनीहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य तथा पार्टीका उदयपुर जिल्ला सहईन्चार्ज अम्बिका थापा, राष्ट्रिय युवा संघ नेपाल प्रदेश-१ कमिटिका सहसचिव तुलसीराम चौलागाईं, राष्ट्रिय युवा संघ नेपाल, उदयपुरका जिल्ला अध्यक्ष बिमल भण्डारी, नेकपा एमाले कटारी नगरकमिटिका अध्यक्ष संजिव कार्की, अनेम संघका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज गिता रेग्मी, अनेम संघ जिल्ला अध्यक्ष महेश्वरी राई, सचिव गंगा राई लगायतले स्वागत गर्नुभएको थियो ।
नव प्रवेशीहरुले जनताको प्यारो पार्टीको रुपमा स्थापित नेकपा एमालेमा प्रवेश गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन्।










प्रतिक्रिया