अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ मा मन्त्रालय थपेर आर्थिक भार बढाएको एमालेको आरोप

प्रदेश १ मा मन्त्रालय थपेर आर्थिक भार बढाएको एमालेको आरोप


काठमाडौं– नेकपा (एमाले) प्रदेश कमिटीले १ नम्बर प्रदेशमा मन्त्रालयको संख्या वृद्धि गरेकोमा आपत्ति जनाएको छ । एमालेले ६ मन्त्रालय रहेको मन्त्रिमण्डललाई दोब्बर बनाउन लागेकोमा विरोध गरेको हो ।

प्रदेश १ अध्यक्ष तुलसी न्यौपानेले जारी गरेको वक्तव्यमा प्रदेश १ को पूँजिगत खर्चभन्दा साधारण खर्च धेरै भएकोमा थप मन्त्रालय बढाएर प्रदेशले धान्नै नसक्ने आर्थिक भार पारेको भन्दै पाँचदलीय गठबन्धनको आलोचना गर्नुभएको छ । ‘प्रदेशको आर्थिक अवस्थाले धान्नै नसक्ने गरि अनौचित्यपूर्ण तवरले मन्त्रालयहरु थप गर्ने निर्णय तुरुन्त फिर्ता लिन यो कमिटी जोडदार माग गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।

प्रदेशसभाबाट पारित योजनाहरु खारेज गरिएको, योजनाहरुमा विनियोजित बजेट कटौती गरिएको, विकासका काम ठप्प गरेको र भ्रष्टाचार बढाएको भन्दै एमालेले सरकारको आलोचना समेत गर्नुभएको छ । एमालेले मन्त्रालय वृद्धिको निर्णय फिर्ता लिनसमेत माग गरेको छ ।