अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब बस्ने मन्त्रिपरिषद् बैठकले ४ जेठमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने

अब बस्ने मन्त्रिपरिषद् बैठकले ४ जेठमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले ४ जेठ २०७९ मा एकै चरणमा निर्वाचन गर्नेगरी मिति तोक्ने जानकारी गराउनु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले ४ जेठ २०७९ मै स्थानीय तहको एकै चरणमा निर्वाचन गर्ने गरी अब बस्ने मन्त्रिपरिषद् बैठकले मिति तोक्ने जानकारी गराउनु भएको हो ।

सोही छलफलमा प्रधानमन्त्री देउवाले एकै चरणमा निर्वाचन गर्न सक्ने नसक्नेबारेमा आयोगका पदाधिकारीसँग जिज्ञासा राख्नुभएको थियो । आयोगका पदाधिकारीले एकै चरणमा निर्वाचन गर्न सकिने जवाफ दिएपछि प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट ४ जेठ २०७९ निर्वाचन गर्ने मिति तोक्ने जानकारी गराउनु भएको हो ।

आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ सम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको थियो ।

यसअघि सोमबार कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीका नेताहरूसँगको भेटमा ४ जेठमै निर्वाचन हुने जानकारी गराइसक्नु भएको छ ।