काठमाडौं– राष्ट्रिय युवा संघ नेपालले स्थानीय निर्वाचनका लागि दबाबमुलक कार्यक्रम गर्दै आएको छ ।
युवा संघ नेपालले आज काठमाडौंमा ‘स्थानीय निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति’ शीर्षकमा विशेष बहस कार्यक्रम आयोजना गरेको संयोजक किरण पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, कांग्रेस नेता एवं शेरबहादुर देउवा सरकारका पूर्वमन्त्री मिनेन्द्र रिजाल, एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेत, पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र नेपाल बार एसोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेल वक्ता हुनुहुन्छ ।






प्रतिक्रिया