काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको लोकप्रियता रोक्न पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ ।
महासचिव पोखरेलले फेसबुकमा लेख्नुभएको छ, ‘जनादेशको सम्मान, राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षा र विकास र समृद्धिको आशालाग्दो यात्रामा अघि वढ्दा एमालेको बढ्दो शक्ति र लोकप्रियतालाई रोक्न बनेको हो पाँच दलीय गठबन्धन ।’
महासचिव पोखरेलले अब हुने तीनतहको चुनावसँगै पुरानो जनादेश खण्डित हुने र त्यसको ठाउँ नयाँ जनादेशले लिने समेत उल्लेख गर्नुभएको छ । ‘चुनावमा जनता जनार्दन नै न्यायाधीश हुन्छन् । एजेण्डाविहीन गठवन्धनले होइन, देश र जनताका पक्षको एजेण्डाबाट नै चुनाव जित्ने हो,’ पोखरेलको भनाइ छ ‘अब सिंगो पार्टी पंक्ति विगतमा हामीले गरेका राम्रा काम र गर्न चाहेको कामको फेहरिस्त बोकेर जनताका बीचमा जाऔं । जनताको फैसला सत्य र न्यायको पक्षमा हुनेछ।’







प्रतिक्रिया