काठमाडौं – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू भएको छ । भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक सुरु भएको हो ।
एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ ।
एमालेको केन्द्रीय सचिवालयको बैठकमा केन्द्रीय अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्षहरू ६, उपमहासचिव ३ र सचिव ७ गरी १९ जना रहने व्यवस्था छ।










प्रतिक्रिया