काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’ मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीले अचम्मको पद सिर्जना गरेको भन्दै ट्विटरमा अनेक खालका टिप्पणी भएको छ । खासगरी प्रधानमन्त्रीको मन्तव्य, सन्देशको तयारी निजी सचिवालय, स्वकीय सचिवालय तथा प्रेस विज्ञले गर्ने गर्दछन् ।
प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा मङ्गलबार नियुक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गजुरेल राजनीतिक विचार लेखन तथा प्रशिक्षणमा विशेष दखल राख्नुका साथै अनुसन्धानात्मक कार्यमा सक्रिय हुनुहुन्छ । उहाँका विभिन्न अनुसन्धानात्मक कृति प्रकाशित छन् ।
यसअघि नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्य रहनुभएका गजुरेलले नेपाली कांग्रेसको १३औँ र १४औँ महाधिवेशनमा कांग्रेस सभापति देउवाको जनसम्पर्क कार्यालयमा रहेर काम गर्नुभएको थियो।






प्रतिक्रिया