काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगाएको आरोप लगाउनु भएको छ ।
आज पार्टी केन्द्रीय सचिवालयको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई देशको माया र चिन्ता नभएकाले देशलाई ओरालो यात्रामा पुर्याएको बताउनुभयो
अध्यक्ष ओलीले भन्नुभयो, ‘पाँच दलीय गठबन्धन सरकारले देशलाई ओरालो लगाएको छ । विनाशतर्फ धकेलेको छ । आर्थिक अराजकता, अनियमितता र बेथितितर्फ धकेलेको छ ।’
जनताप्रति गठबन्धन सरकार अनुत्तरदायी बन्दै शिक्षा, स्वास्थ्य र आर्थिकसमेत डामाडोल बनाएको ओलीले बताउनुभयो ।







प्रतिक्रिया