अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड र माधव नेपाल एक नम्बरका अवसरवादी हुन् : महेश बस्नेत

प्रचण्ड र माधव नेपाल एक नम्बरका अवसरवादी हुन् : महेश बस्नेत


काठमाडौं – नेकपा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई अवसरवादी र विभाजनकारी सोच र व्यवहार भएको संज्ञा दिनुभएको छ ।

‘स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक खुला बहस कार्यक्रममा सम्बोधन गर्दै नेता बस्नेतले यस्तो टिप्पणी गर्नुभएको हो ।

खुला बहस कार्यक्रममा सम्बोधन गर्दै उहाँले नेपाली कांग्रेस अहिले प्रचण्ड र माधव नेपाललाई छाडेर जाने कि एक्लै जाने भन्ने दोधारे अवस्थामा रहेको बताउनुभयो ।

संविधान र लोकतन्त्र बचाउन आवधिक निर्वाचन सही दिशामा लैजानका लागि जेठ ४ गतेभित्र स्थानीय तहको निर्वाचन गर्नैपर्ने बस्नेतले बताउनुभयो । उहाँले माओवादी र एकीकृत समाजवादी पार्टी अहिले सरकारमा भए पनि निर्वाचनमा एमालेसँग गठबन्धन गर्ने विषयमा पनि छलफल चलाइरहेको सूचना आफूले पाएको समेत बताउनुभयो ।