अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्गा प्रसाईंको चुनौती– राज्यले मलाई सुरक्षा दिँदा के को टाउको दुखाइ हो ?

दुर्गा प्रसाईंको चुनौती– राज्यले मलाई सुरक्षा दिँदा के को टाउको दुखाइ हो ?


काठमाडौं– एमाले केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो सुरक्षाबारे उठेको टिप्पणीप्रति आपत्ति जनाउनुभएको छ ।

सरकारले आफ्नो सुरक्षा दिएकोमा प्रश्न उठाइएको भन्दै उहाँले ट्विटरमा लेख्नुभएको छ, ‘राज्यलाई लाग्यो होला दुर्गा प्रसाईंले राज्यलाई धेरै कर बुझाउँछ, सामाजिक व्यक्तित्व हो,टावरिङ फिगर हो, त्यसैले मलाई राज्यले सुरक्षा दियो त किन अरुको टाउको दुख्यो रु जति बढी ट्याक्स बुझायो उसको त सुरक्षा राज्यले गर्छ नै । हेर्नुस् भारतमा टाटा, अम्बानीको सुरक्षा गर्दैन सरकारले रु’

प्रसाईंले एक निजी पीएसओ पाउनुभएको छ ।

‘जे गर्छु नेपालमै गर्छु’ भन्ने नारासहित प्रसाईंका मेडिकललगायतका उद्योग व्यवसाय सञ्चालनमा छन् ।