अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारलाई एमालेको अल्टिमेटम

स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारलाई एमालेको अल्टिमेटम


काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारलाई अल्टिमेटम दिएको छ।

आज बसेको केन्द्रीय सचिवालय बैठकले  बिहीबारसम्म निर्वाचनको मिति घोषणा नगरे केन्द्रसहित सातवटै प्रदेशमा दवाबमूलक सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । यसअघि जनसंगठनहरुले निर्वाचन मिति तोक्न दबाबमुलक कार्यक्रम गरिरहेको भन्दै बिहीबारसम्म पनि मिति नतोके सातै प्रदेश र केन्द्रबाट समेत दबाबका कार्यक्रम सुरु गर्ने निर्णय गरेको एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले निर्णय राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ र सुदूरपश्चिममा भएको अनुशासन उल्लंघन र अन्तर्घातको छानविन गर्न कारवाहीका लागि सिफारिस गर्न प्रदेशलाई निर्देशन दिएको छ ।

बैठकले पार्टीको नियमावली, जन संगठनको निर्देशिका पारित गर्नुका साथै सहकारी र स्थानीय निकाय विभागमा सदस्य थप्ने निर्णय गरेको नेता उपमहासचिव गुरुङले जानकारी दिनुभयो ।