अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सबै प्रदेशमा फैलियो ओमिक्रोन भेरियन्ट

सबै प्रदेशमा फैलियो ओमिक्रोन भेरियन्ट


काठमाडौं- कोरोना महामारीको तेस्रो लहरसँगै आएको नयाँ भेरियन्ट ओमिक्रोन सबै प्रदेशमा फैलिएको छ ।

पछिल्लो अवस्थामा कोरोनाको नयाँ भेरियन्ट सबै प्रदेशमा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिनुभयो ।

‘अझै खोप लगाउन बाँकी हुनुहुन्छ । संक्रमणको नयाँ भेरियन्टको जोखिम छ, सबै प्रदेशमा ओमिक्रोन भेरियन्ट फैलिएको छ,’ प्रवक्ता मिश्राले भन्नुभयो । उहाँले २४ वा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २१ जनामा ओमिक्रोन र तीन जनामा डेल्टा भेरियन्ट पुष्टि भएको बताउनुभयो। डा. मिश्रको अनुसार हालसम्म कोरोना संक्रमणदर ३३.९ प्रतिशतमा झरेको छ ।

हाल कोरोना संक्रमणदर घटे पनि जोखिम भने कायमै रहेको उहाँले बताउनुभयो। पछिल्लो एक सातादेखि नेपालमा कोरोना संक्रमण दर घट्दो क्रममा छ । बुधबार मात्रै थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण देखिएको थियो ।

मन्त्रालयका अनुसार देशभर करिब ५ लाख जनाले कोरोना भाइरसविरुद्ध खोपको बुस्टर डोज लगाएका छन् । कोरोनाविरुद्धको पूर्ण खोप लगाएका अग्रपंक्तिमा खटिने व्यक्ति, ज्येष्ठ नागरिकसहितलाई सरकारले बुस्टर डोज दिइरहेको छ । हालसम्म ४ लाख ८४ हजार ४ सय ७९ जनाले बुस्टर डोज लगाएको मन्त्रालयकी प्रवक्ता डा. मिश्रले जानकारी दिइन् ।