काठमाडौं- कोरोना संक्रमितहरूको संख्या तीव्र गतिमा बढ्दै गएपछि सर्वोच्च अदालतले माघ ४ गतेदेखि गरेको सेवा कटौती थप १० दिन लम्ब्याएको छ ।
सर्वोच्चको अदालतको बुधबार बसेको पूर्ण बैठकले माघ २८ गतेसम्म सेवा कटौती गर्ने निर्णय गरेको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले बताउनुभएको छ । बुधबार सार्वजनिक बिदा परेकोले सो निर्णय आज बिहीबारदेखि लागु हुने अदालतले जनाएको छ । सर्वोच्चले यसअघि माघ १८ गतेसम्मका लागि विभिन्न सेवा कटौती गरेको थियो ।
अदालतको प्रकृतिअनुसार अदालतमा हुने उपस्थिति र भीडभाडलाई आवश्यक व्यवस्थापन गरी सेवाग्राही, अदालतमा कार्यरत जनशक्ति, कानुन व्यवसायी एवं अदालतमा आउने सेवाग्राही, सरोकारवालाहरूको स्वास्थ्य सुरक्षा र रोग जोखिम न्यूनीकरण गर्न सुनुवाइ कार्यहरू सीमित ढंगले सञ्चालन गर्न सो व्यवस्था लागु गरिएको अदालतले जनाएको छ ।
प्रतिक्रिया