अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन आयोगको पत्र बोकेर बालुवाटार पुग्ने अनेरास्ववियु टोली

निर्वाचन आयोगको पत्र बोकेर बालुवाटार पुग्ने अनेरास्ववियु टोली


काठमाडौँ– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्थानीय तहको निर्वाचन संवैधानिक व्यवस्थाअनुसार समयमै गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

बिहीबार अनेरास्ववियु अध्यक्ष सुनिता बराल नेतृत्वसहितको टोलीले प्रतीकात्मक रुपमा निर्वाचन आयोगको ध्यानाकर्षणमा आफूहरुको पनि समर्थन रहेको जनाउँदै आयोगको पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र बुझाएको छ।

टोलीले निर्वाचन आयोग हुँदै प्रधानमन्त्री निवास बालुवाटार गएर ध्यानाकर्षणपत्र बालुवाटारका अधिकारीलाई बुझाएको हो। अनेरास्ववियुले आफ्नो ध्यानाकर्षण पत्रसमेत बुझाएको छ ।

पत्रमा वर्तमान सरकार स्थानीय तहको निर्वाचन टाल्ने प्रयासमा रहेको आरोप लगाउँदै आउँदो जेठ ५ मा हालका पदाधिकारीको समयावधि सकिनुपूर्व नै चुनाव गर्ने गरी काम थाल्न आग्रह गरिएको छ।