नवलपुर – नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस परित्याग गरी पाँच सय भन्दा बढी नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
एमाले नवलपुरको कार्यालय उद्घाटन तथा आठौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रममा माओवादी र कांग्रेस परित्याग गरी प्रवेश गरेका हुन् ।
माओवादी केन्द्र नवलपुरका सचिवालय सदस्य नारायण प्रसाद लोहनीसहित माओवादीका तीन सयको संख्यामा नेता-कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । त्यस्तै नेपाली काँग्रेसबाट पनि दुई भन्दा बढी संख्यामा एमालेमा प्रवेश गरेका हुन् ।
एमालेका केन्द्रीय सदस्यत्रय तिलक महत, रविन्द्र अधिकारी, कृष्ण पौडेल, प्रदेश सचिवालय सदस्य रोशनबहादुर गाहामगरले उहाँहरुलाई टीका खादा लगाएर एमालेमा स्वागत गर्नुभएको थियो ।
कावासोती नगरपालिका, देवचुली नगरपालिका, मध्यबिन्दु नगरपालिका र गैंडाकोट नगरपालिकाबाट उहाँहरु एमाले प्रवेश गरेका गरेको एमालेका युवा नेता एवं जिल्ला कमिटि सदस्य विद्रोही गिरीले जानकारी दिनुभयो । एमालेको राष्ट्रियता प्रतिको अडान र विकासको मोडेल मन परेर एमाले प्रवेश गरेको नारायणप्रसाद लोहोनीले बताउनुभयो।
२०७८ फागुनसम्म एमाले प्रवेशको अभियान सञ्चालन गर्ने पार्टीको निर्देशन अनुसार एमाले नवलपुरले पार्टी प्रवेश अभियानलाई निरन्तरता दिने एमाले नवलपुर अध्यक्ष मुक्तिराम पाण्डेले बताउनुभयो ।







प्रतिक्रिया