अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोकर्णेश्वर नगरपालिकाले माघ २३ देखि विद्यालय खोल्दै

गोकर्णेश्वर नगरपालिकाले माघ २३ देखि विद्यालय खोल्दै


काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशविपरीत गोकर्णेश्वर नगरपालिकाले विद्यालयमा भौतिक रुपमा विद्यार्थी उपस्थित गराएर पठनपाठन गराउने निर्णय गरेको छ ।

यही १४ माघमा प्रशासनले जारी गरेको आदेशको पहिलो बुँदामा ‘विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा संवत् २०७८ माघ मसान्तसम्म भौतिक उपस्थितिमा सञ्चालन नगर्ने/नगराउने’ उल्लेख छ ।

तर, नगरपालिकाको १८ माघ बसेको बैठकले २३ माघदेखि भौतिकरूपमा विद्यालय सञ्चालन गर्ने निर्णय गर्दै पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई परिपत्र गरेको छ ।

‘गोकर्णेश्वर नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेशागत संस्थाका पदाधिकारीहरूको चाहना तथा मागअनुसार शिक्षा समितिको मिति २०७८/१०/१८ को बैठकले नगरपालिकाभित्रका सबै विद्यालय शिक्षालय सामाजिक एवं भौतिक दूरीको पालनासाथ स्वास्थ्य र सुरक्षाका सवै मापदण्डहरूलाई पालना गरी पूर्ण सतकता र सजगतालाई अवलम्बन गर्दै विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमै मिति २०७८/१०/२३ गते आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय भएकोले सोही अनुसारै विद्यालय सञ्चालन गर्ने गराउने सम्बन्धमा उपयुक्त एवं भरपर्दो र विश्वसनीय वातावरण मिलाउन हुन सबैमा अनुरोध गरिन्छ,’ विद्यालयलाई नगरपालिकाले गरेको परिपत्रमा उल्लेख छ।