गोरखा – गोरखा नगरपालिकाको शुक्रबार हुने नवौं नगरसभाको लागि आज बसेको तयारी बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षहरुले बहिष्कार गरेका छन् ।
आफूहरुसँग समन्वय नगरी पूर्वाग्रही ढंगले वडाका योजना छनोट गरी बजेट विनियोजन गरेको भन्दै वडाध्यक्षहरुले बैठक बहिस्कार गरेका हुन् ।
शुक्रबार हुने नगर सभामा सहभागी हुने तर आफ्नो माग पूरा नभएसम्म सभा चल्न नदिने वडाध्यक्षहरुले बताएका छन् । वडा नम्वर ३, ७, १०, ११, १३ र १४ का अध्यक्षहरुले बैठक बहिस्कार गरेका हुन् ।
प्रतिक्रिया