काठमाडौं – त्रिभुवन विश्वविद्यालय कानून संकायको डीन कार्यलयले कोभिडका कारण स्थगन गरिएको बीएएलएलबी सातौं सेमेस्टरको परीक्षा आगामी फागुन २ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।
डीन कार्यलयको सूचनाअनुसार परीक्षा समयतालिका जारी गर्दै आइशोलेशनसमा बसेको कुनै व्यक्ति परीक्षामा सहभागी हुने भएमा आइशोलेशनमा रहनु पर्ने नेपाल सरकारद्वारा तोकिएको स्वास्थ्य संस्थाको स्वास्थ्य प्रतिवेदनसहितको जानकारी पेश गर्न भनेको छ ।
स्वास्थ्य प्रतिवेदन परीक्षा हुने दिनको अघिल्लो दिनसम्म डीन कार्यलयमा बुझाउनुपर्ने र त्यस्ता परीक्षार्थीको हकमा अलग्गै बसेर परीक्षा दिने व्यवस्था मिलाउने जनाएको छ ।
हेर्नुस् त्रिभुवन विश्वविद्यालय कानून संकायको डीन कार्यलयले जारी गरेको सूचना
प्रतिक्रिया