काठमाडौं – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।
अनेरास्ववियुले बिहीबार काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गर्दै विरोध प्रदर्शन गरेको हो ।
अनेरास्ववियुले स्थानीय तहको निर्वाचन छिटो घोषणा गर्नुपर्ने र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै प्रदर्शन गरेको थियो ।
प्रतिक्रिया