दमक – झापाको दमक नगरपालिकाले विभिन्न सिपमुलक तालिमका लागि कार्यक्रम बनाउँदै आएको छ । विगत केही वर्षदेखि भने नयाँ क्षेत्रमा लगानी गरिरहेको छ । नगरपालिकाले आफ्नै क्षेत्रबाट पनि निजामती क्षेत्रमा समेत कर्मचारी उत्पादन हुन सकुन भन्ने लक्ष्यका साथ वार्षिक कार्यक्रम नै बनाएर कार्यान्वायन गरिरहेको छ ।
विगत ३ वर्ष देखि नगरपालिकाले बजेटबाटै सम्बोधन गरेर नि:शुल्क रुपमा दमकका यूवाहलाई लोकसेवा सम्बन्धीको कक्षा दिइरहेको छ । यो वर्ष पनि १०० जना विद्यार्थीका लागि नि:शुल्क लोकसेवा कक्षाको शुरु गरिएको छ ।
आज उद्धघाटन गरिएको कक्षा निरन्तर ५० दिनसम्म सञ्चालन हुने छ । तालिमको नगर प्रमुख रोमनाथ ओलीले उद्धघाटन गर्नुभयो । दमक-६ स्थित ग्लोबल एजुकेशन एकेडेमीको सभाहलमा भएको कार्यक्रममा तालिमममा सहभागी हुने प्रशिक्षार्थीका साथमा उद्धघाटन गरिएको हो ।
लोकसेवाको क्षेत्रमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त प्रशिक्षकद्धारा प्रशिक्षण दिइने सञ्चालक सस्थाका प्रन्सिपल राजु गौतमले जानकारी दिनुभयो । यस प्रकारको तालिमले यूवाहरुलाई लोकसेसवामा आकर्षण बढाउनुका साथै लोकसेवाका बारेमा जानकारी समेत प्राप्त हुने विस्वास नगरको रहेको छ । कार्यक्रममा नगरका प्रमुख रोमनाथ ओलीले यो तालिमको अधिकतम् फाईदा उठाएर लोकसेवामा नाम निकाल्न प्रशिक्षार्थीहरुलाई सुभाकामना दिनुभयो ।
यस्तै नगरका उपप्रमुख गीता अधिकारीले लोकसेवा पैसा तिरेर पढ्न निकै खर्च लाग्ने र दमक बाहिर जानुपर्ने बाध्यता समेत रहेकोले पैसा तिर्न नसक्ने र लोकसेवाको क्षेत्रमा काम गर्ने सपना देखेका यूवाहरुका लागि लक्षित गरिएको उल्लेख गर्नुभयो ।
केहि वर्ष अघिसम्म लोकसेवा क्षेत्रमा नेपालको पश्चिमी क्षेत्रका नागरिकको मात्रै चासो रहने गरेकोमा पूर्वमा पनि यसको महत्व विस्तार गर्न समेत यो कार्यक्रमले मद्यत पुर्याउने उहाँले बताउनुभयो । कर्मचारी बृत्त हेर्ने हो भने अधिकांश पश्चिम जिल्लाका छन्। पूर्वतिरका कमै मात्र उत्पादन भएकोले यो क्षेत्रमा पूर्व र त्यसमापनि दमकबाट समेत योगदान पुग्नु पर्छ भनेर यस प्रकारको कार्यक्रमलाई नीति तथा कार्यक्रमै राखेर अघी बढीएको उहाँले उल्लेख गर्नुभयो ।
हरेक वर्ष १०० जना विद्यार्थीलाई प्रशिक्षण दिइदै आइएको छ । यहि तालिममा सहभागी मध्येबाट १४ जनाले परिक्षामा सहभागी भएर नाम समेत निकाली सकेको र विभिन्न स्थानीय तह लगायत सरकारी निकायहरुमा सेवा सुरु गरिसकेको समेत कार्यक्रम सञ्चालन गर्ने सस्था सिएससिआइका प्रन्सिपल गौतमले बताउनु भयो ।
प्रतिक्रिया