अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राती देखि नै देशका धेरै भागमा चटयाङ् सहित वर्षा,सतर्कता अपनाउन आग्रह

राती देखि नै देशका धेरै भागमा चटयाङ् सहित वर्षा,सतर्कता अपनाउन आग्रह


काठमाडौं -पश्चिमदेखि पूर्वसम्म देशका धेरै स्थानमा मेघगर्जनरचटयाङसहित हल्कादेखि मध्यसम्म वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
आज बिहान साढे ६ बजे मौसस पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले दिएको जानकारीअनुसार रातिदेखि नै देशका धेरैजसो स्थानमा पानी परिरहेको हो। काठमाडौं उपत्यकामा पनि अहिले फाटफुट वर्षा भइरहेको उहाँले बताउनुभयो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीले देशभर मौसम बदली गराई वर्षा तथा हिमपात गराइरहेको हो।

‘यो क्रम आज पनि रोकिने सम्भावना छैन, आज पनि देशका धेरै स्थानमा वर्षा हुने देखिएको छ’, मौसमविद् प्रधानांगले भन्नुभयो, ‘यो ९पश्चिमी न्यून चापीय प्रणाली अहिले पूर्वतिर सर्ने क्रममा छ।’
उक्त प्रणाली नेपालको पश्चिमी क्षेत्रबाट प्रवेश गरेको हो। मौसमविद् प्रधानांगका अनुसार राति पूर्वदेखि पश्चिमसम्मै वर्षा भए पनि देशका पश्चिमी प्रदेशहरूतिर अलि बढी वर्षा भएको छ। कतै कतै असिना पनि परेको छ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो पनि देशका धेरै स्थानमा मेघगर्जनरचटयाङरअसिनासहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै गण्डकी तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। अनि देशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

यसैगरी आज राति प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनरचटयाङरअसिनासहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। अनि देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना बुलेटिनमा उल्लेख छ।