अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिके राउतले मधेसमा किसान आन्दोलन गर्ने,साथ दिन अन्य पार्टीहरुलाई पनि अपिल

सिके राउतले मधेसमा किसान आन्दोलन गर्ने,साथ दिन अन्य पार्टीहरुलाई पनि अपिल


जनकपुर -डा सीके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलनलाई निर्णायक बनाउन अन्य राजनीतिक दल तथा संघ( संघठनहरुलाई सहयोगको अपील गरेको छ ।
पार्टीका महासचिव चन्दनकुमार सिंहले विज्ञप्ती जारी गरी ‘संयुक्त किसान आन्दोलन मोर्चा’को आवश्यकता देखिएकाले मोर्चामा सहभागी हुन किसानको हित चाहने राजनैतिक दल तथा संघ(संगठनहरूसँग अपील गर्नु भएको हो ।

बिहीवारदेखि जनमत पार्टीले पूर्व(पश्चिम राजमार्ग पुनः बन्द गराउने घोषणा गरेको थियो । तर प्रहरीले दमन गरेपछि आन्दोलन पूर्ण प्रभावकारी हुन सकेन् ।
किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने, पेन्सनको व्यवस्था हुनुपर्ने, सिंचाईको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर जनमत पार्टी पुस ९ गतेदेखि आन्दोलित छ । तर सरकार आफ्नो माग बेवास्ता गरेको आरोप जनमत पार्टीले लगाउँदै आएको छ ।

सरकारले हालसम्म पनि किसान आन्दोलनलाई पूर्ण रूपमा बेवास्ता गरेको, उल्टै आन्दोलनमाथि दमन गरेको, झुठा मुद्दा लगाएको तथा आन्दोलनकारीहरूलाई विभिन्न जिल्लाबाट पक्राउ गरी हिरासतमा यातना दिइराखेको जनमत पार्टीको आरोप छ ।