नगरकोट – गए रातिदेखि परेको अविरल वर्षाका कारण पर्यटकीय नगर नगरकोटमा हिउँ पर्न सुरु भएको छ।
हिउँ परेपछि कोरोनाका कारण सुनसान जस्तै बनेको पर्यटन सम्बन्धि गतिविधिमा केही चहलपहल हुने नगरकोटका स्थानीय र पर्यटन व्यवसायीले विश्वास व्यक्त गरेका छन् ।
नगरकोटका टावर, बतासे डाँडा, मुख्य बजार, सुडाल, बोजिनी ड्याम आसपासका ठाउँमा हिमपात भइरहेको स्थानीयहरुले जानकारी दिएका छन् ।
प्रतिक्रिया