हङकङ – हङकङका प्रजातन्त्रवादी नेता कू स्जे–यिउ हङकङको राष्ट्रिय सुरक्षा कानुन उल्लंघन गरेको आरोपमा पक्राउ परेका छन् ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार शुक्रबार बिहान कू स्जे–यिउलाई तोडफोड तथा विनाशका काममा सहयोग बनेको आरोपमा पक्राउ गरिएको हो ।
लिग अफ सोसल डेमोक्रेट्स पार्टीका ७५ वर्षीय नेता स्जे–यिउलाई बिहानै चेउङ शा वानस्थित निवासबाट पक्राउ गरिएको हो ।
हङकङको राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत तोडफोड तथा विनाशका कार्यमा संलग्न भएको मानिसलाई आजीवन कारावास हुने सम्मको व्यवस्था छ ।
स्जे–यिउ सन् २००० को सुरुवातदेखि अहिलेसम्म धेरैपटक पक्राउ परिसकेका छन्।






प्रतिक्रिया