काठमाडौं – मोरङ र ललितपुरमा तीन जना व्यवसायीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीनै जनालाई पक्राउ गरेको छ । तीन जना व्यवसायीको हत्या अभियोगमा पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार सार्वजनिक गरेको छ।
आज बिहान पत्रकार सम्मेलन गरेर हत्याका मुख्य योजनाकार अनिल मण्डलसहित तीनजनालाई सार्वजनिक गरेको हो।
सिरहाका ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका-४ सिस्वनीका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका-७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई सार्वजनिक गरेको हो।
उनीहरुले सुनसरीका राजेन्द्र कुमार श्रेष्ठ, सप्तरीका शम्भु कुमार चौधरीको हत्या गरी मोरङमा उखु बारीमा गाडेको अवस्थामा माघ १३ गते शव फेला परेको थियो।
त्यस्तै तेह्रथुमका मोहन लिम्बुको शव हिजो (बिहीबार) साँझ ललितपुरको गोदावारी नगरपालिका-१२ स्थित ठेंचोमा गाडीएको अवस्थामा फेला परेको थियो ।
हत्याका मुख्य योजनाकार मण्डल र मारिएका तीनजना एउटै सूहमा व्यवसाय गर्थे। व्यवसायको रकम एकलौटी पार्नका लागि मण्डलले हत्या गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको छ।
प्रतिक्रिया