अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्यालय सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा सिंहदरबारमा छलफल

विद्यालय सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा सिंहदरबारमा छलफल


काठमाडौं – सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा तत्काल विद्यालय सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा छलफल सुरु भएको छ ।

बैठकमा प्याब्सनका प्रतिनिधि, शिक्षा मन्त्रालयका प्रवक्ता र सीसीएमसीका प्रतिनिधि सहभागी छन् । यसअघि प्याब्सनका प्रतिनिधिले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेर माघ २३ गतेपछि विद्यालय खोल्न पाउनु पर्ने माग गरेका थिए ।

सरकारले माघ २३ गतेसम्म विद्यार्थीका लागि सम्बन्धित विद्यालयमै विशेष खोप अभियान चलाएको छ। त्यसपछि भौतिक रुपमै विद्यालय सञ्चालन गर्नुपर्ने प्याब्सनको जोड छ । आजको छलफलले विद्यालय सञ्चालन गर्ने  वा नगर्ने अवश्य निर्णय लिने छ ।