अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेश प्रदेशमा हावाहुरीले तीन जनाको मृत्यु

मधेश प्रदेशमा हावाहुरीले तीन जनाको मृत्यु


जनकपुरधाम – मधेश प्रदेशमा हावाहुरीले च्यापिएर तीन जनाको मृत्यु भएको छ । शुक्रबार आएको हावाहुरीका कारण रुख ढलेर किच्दा धनुषा र रौतहटमा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनुषाका दुई विद्यार्थी र रौतहटकी एक महिला रहेका छन् । 

धनुषाको सबैला नगरपालिका १२ स्थित फकिरचन्द मावि परिसरमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमाकुमारी सदा र ७ वर्षीय अरविन्द सदाको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ । हावा हुरीका कारण अचानक मसलाको रुख ढल्दा दुबै जनाको मृत्यु भएको धनुषा प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । ‘हावाहुरीले अचानक मसालाको रुख ढल्दा दुबै जनाको टाउकोमा चोट लागि घटनास्थलमै मृत्यु भयो,’ उहाँले बताउनुभयो ।

त्यसैगरि रौतहटको बौधीमाई नगरपालिका-१ स्थित इँटाको घर खस्दा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घरमै च्यापिएर फुलमतीयाका दुई वटा बाख्रासमेत मरेको प्रहरीले जनाएको छ।