काठमाडौं – पछिल्लो २४ घण्टामा २ हजार ५२६ जना कोरोना संक्रमित थपिएका छन् १६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११०७३ जनामा गरिएको नमूना परीक्षणमा २५२६ जनामा संक्रमण पुष्टि भएको हो। सोही समयावधिमा ८४२५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
२४ घण्टामा ५१३०५१ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर ५६४५७ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार अहिले निको हुने संक्रमितहरुको दर ९२.९ प्रतिशत रहेको छ ।
सोही अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्लामा ७४५ जना संक्रमित थपिएका छन् जसमध्ये काठमाडौंमा ५७०, ललितपुरमा १२० र भक्तपुरमा ५५ जना संक्रमित थपिएका छन् ।
पाँच सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या १५ छ भने २०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या १९ रहेको छ ।
प्रतिक्रिया