अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आन्तरिक हवाई उडानको भाडादर बढ्यो

आन्तरिक हवाई उडानको भाडादर बढ्यो


काठमाडौँ – नेपाल वायुसेवा सञ्चालक सङ्घले आन्तरिक हवाई उडानको भाडा दर वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै वायुसेवा सञ्चालक सङ्घले आजबाट भाडा दर वृद्धि गरेको हो ।

वायुसेवा सञ्चालक सङ्घले आन्तरिक हवाई उडानको भाडा दर १०५ रुपैयाँदेखि ४४५ रुपैयाँसम्म वृद्धि गरेको छ ।

हवाई उडानको बढे सँगै अब काठमाडौँ-धनगढीको भाडा दर ४४५ रुपैयाँ, काठमाडौँ-नेपालगञ्जको भाडा दर ३२५ रुपैयाँ, काठमाडौँ-विराटनगरको भाडा दर २४० रुपैयाँले बढेको छ ।

त्यस्तै काठमाडौँ-पोखराको भाडा दर १६० रुपैयाँ, काठमाडौँ-भद्रपुरको भाडा दर १०५ रुपैयाँले बढेको छ भने माउन्टेन फ्लाइटको भाडा दर ३४५ रुपैयाँले बढेको  वायुसेवा सञ्चालक सङ्घले जनाएको छ ।