अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना, रातिबाट मौसममा सुधार हुने

प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना, रातिबाट मौसममा सुधार हुने


काठमाडौं- देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अरु प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा पनि हल्का वर्षा हुनेछ ।

पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ ।राती देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । आइतबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ आँकलन गरिएको छ ।