अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस प्रवेश गरेका एमाले नेता हुमागाईं पार्टीमै फिर्ता, अध्यक्ष ओलीद्वारा स्वागत

कांग्रेस प्रवेश गरेका एमाले नेता हुमागाईं पार्टीमै फिर्ता, अध्यक्ष ओलीद्वारा स्वागत


ललितपुर- ललितपुरका एमाले नेता रामकृष्ण हुमागाईंले पार्टी परित्याग गर्ने निर्णय फिर्ता लिनुभएको छ ।

शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेट भएपछि हुमागाईं पार्टी जिम्मेवारी लिन तयार हुनुभएको हो ।

एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले हुमागाईंलाई पार्टीले महत्त्वपूर्ण जिम्मेवारी दिने योबेला डट कमलाई जानकारी दिनुभयो ।

बालकोटमा राति अबेरसम्म भएको छलफलमा संघीय सासंद नवराज सिलवाल, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, स्थायी कमिटी सदस्य सुशीला नेपाललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रदेश सांसदको टिकट नपाएपछि हुमागाईं नेपाली कांग्रेस प्रवेश गर्नुभएको थियो । तर, कांग्रेस जिल्ला अधिवेशनमा प्राथमिकतामा नपरेपछि हुमागाईंले कांग्रेस छाडेको घोषणा गर्नुभएको थियो ।

हुमागाईं स्थानीय स्तरमा लोकप्रिय मानिनुहुन्छ ।