सुर्खेत – कर्णाली प्रदेशमा तीन महिनापछि मन्त्रीपरिषद् विस्तार हुन लागेको छ ।
१६ कात्तिकमा मुख्यमन्त्रीको शपथग्रहण गरेका मुख्यमन्त्री जीवनबहादुर शाहीले तीन महिनापछि माघ २३ गते आइतबार मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् ।
नेकपा माओवादी केन्द्रबाट कार्चेन लामा, जाजरकोटका सांसद गणेशप्रसाद सिंह, एकीकृत समाजवादीबाट जुम्लाका पदम रोकाया, नेपाली कांग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक रहेका हिमबहादुर शाही मन्त्री बन्ने भएका छन् ।
गैरसांसद मन्त्री बनाउने भएपछि माओवादी सांसदको विरोध
नेकपा माओवादी केन्द्रले नैतिक पतन देखिने र फौजदारी अभियोगमा दुई वर्ष जेल सजाय भोगेका र पाँच हजार जरिवाना तिरेका छिरिङ दुम्दुम लामा उर्फ कार्चेन लामालाई मन्त्री बनाउने भएपछि माओवादीका सांसदहरूले विरोध जनाएका छन् ।
मन्त्रीमा सिफारिस गरिएका लामालाई चीनको ताक्लाकोटस्थित खोचेर गुम्बामा रहेको १२ सय वर्ष पूरानो मूर्ति चोरी गरेको आरोपमा पक्राउ समेत परेका नेता हुन् । उक्त मूर्ति चोरीको आरोपमा लामासहित छिरिङ्ग पाल्दन लामाविरुद्ध जिल्ला प्रहरी कार्यालय हुम्लाले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। प्रहरीले २०४९ मंसिर १४ गते नैतिक पतन देखिने फौजदारी अभियोगमा मुद्दा दायर गरेको थियो ।
माओवादी कर्णालीमा सबैभन्दा ठूलो दल हो । माओवादीका संसदीय दलका सचेतक तथा सांसद ठम्बरबहादुर बिष्टले गैरसांसदलाई मन्त्री बनाउन लागेपछि सामाजिक संजाल मार्फत स्टाटस लेखेर विरोध गर्नुभएको छ ।
‘पहिला पहिला बुढाबुढीले भन्थे काशी जानु कुतिको बाटो नसमाउनु बाबु । आज यहि चरितार्थ भएको छ, माओवादी संसदीय दल कर्णाली प्रदेशमा । यसै पनि चाहे जुनसुकै पार्टी सम्बद्ध सांसद हुन कर्णाली प्रदेशका सांसदहरूको प्रदेश सभामा उनीहरूको भूमिकालाई हेर्यो भने कुनै खोट लाउने ठाउँ छैन,’ उहाँले भन्नुभयो, ‘यो भनेको सांसद हुँदाहुँदै गैरसांसदलाई मन्त्री बनाउने अराजनैतिक कदम हो । त्यो पनि पुन एकचोटि कलाविहीन नाटक प्रहसनको दुस्साहास गरिएको छ । तर, राजनैतिक जिन्दगीमा अनेक पापड मोलेर जनताको मन जितेर आएका सांसदलाई धोबीको कुकुर जस्तो घरको न घाटको जस्तो बनाएर जेसिबीले हयाङ्गर लगाएर ताने जस्तो गरी जनताबाट एकै चोटी मन्त्रीमा ल्याउने कुराले अहिले निर्णय गर्ने महाशयहरूलाई जंगे बोल्यो बोल्यो, जंगेपछि फर्कदैन भनेर आफूलाई जंगबहादुर नैं ठाने पनि प्रकारान्तरले निम्न दुष्परिणामरु भोग्नु पर्ने निश्चित प्रायस् छ ।’







प्रतिक्रिया