अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धन सरकारले अर्थतन्त्र धाराशायी बनायो : महासचिव पोखरेल

सत्ता गठबन्धन सरकारले अर्थतन्त्र धाराशायी बनायो : महासचिव पोखरेल


सुनसरी – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय सत्ता गठबन्धन सरकारले अर्थतन्त्र धाराशायी बनाएको आरोप लगाउनु भएको छ ।

आज सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अर्थतन्त्रका सबै सूचक नकरात्मक भएको बताउनु भएको हो ।

‘यो वर्तमान सरकारको पुँजीगत खर्च गर्ने क्षमता न्यून छ,’ उहाँले भन्नुभयो, ‘मूल्य वृद्धिको सूचक उच्च छ । बैंकमा तरलता अभाव छ । बाहिर जाने मान्छे बढीरहेका छन् तर रेमिट्यान्स घटिरहेको छ । यस्तो हुनुको मुख्य कारण पारदर्शीताको अभाव भएकोले गर्दा हो । मुलुकमा हुन्डी कारोवारी हुन थालेका छन् । अवैधानिक क्रियाकलापले प्रशय पाइरहेका छन् ।’

सरकारको संचित कोषमा यतिबेला ६ महिनालाई पनि धान्ने पैसा समेत नभएको महासचिव पोखरेलले बताउनुभयो । यसै सन्दर्भमा एमाले सरकारमा हुँदा भने १४ महिनका लागि प्रयाप्त पैसा भएको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘एमाले सरकारमा रहँदा १४ महिनाको खर्च धान्ने संचिति थियो। अहिलेको सरकारसँग ६ महिनाको खर्च धान्ने पनि संचिति छैन ।’

वर्तमान सरकारको गलत नीतिका कारणले यो सबै भइरहेको भन्दै उहाँले आयात निर्यात घटेको र व्यापार घाटा बढेको टिप्पणी समेत गर्नुभयो ।

राष्ट्रिय स्वाधीनताका पक्षमा समेत यो सरकार कमजोर रहेको पोखरेलको अरोप लगाउनुभयो ।