अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काँग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक

काँग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक


काठमाडौं – नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठक बोलाएको छ । यही माघ २७ गते केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै पार्टीको कार्यसम्पादन समितिको बैठक बारे जानकारी गराएका छन् । बैठक माघ २७ गते दिउसो २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

बैठकमा म्याद सकिएका भातृ एवं शुभेच्छुक संस्था बारे छलफल हुने बताइएको छ । यसका साथै पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाका सम्बन्धमा पनि बैठकमा छलफल हुने एजेन्डा रहेको छ ।